☰ open
×

फालेलुङ सामुदायिक होमष्टेले पाहुनालाई अल्घिरीको फुलको मालाले स्वागत

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर ।

फालेलुङ सामुदायिक घरबाँस (होमष्टे) अतिथि पाहुनालाई स्वागत गर्नका लागि अर्गानिक बस्तुको प्रयोजनलाई नै उच्च प्राथमिकतामा राखेका छन् ।

फालेलुङ गाउँपालिका -५ नम्बर प्राङ्बुङमा फालेलुङ सामुदायिक होमष्टे छन् । त्यहाँ आएका पाहुनालाई अल्घिरीको फुलको माला र लोड सल्लाहको पत्ताको मालाले स्वागत गर्छन् । बैशाख १ गते सातौं फालेलुङ चौरी पर्यटन महोत्सवमा जानका लागि त्यहाँ सदरमुकामदेखि पत्रकारका टिम पुग्यो पुग्न साथ सामुदायिक होमष्टेका टिमले अर्गानिक माला ल्याएर स्वागत गर्न आए, पत्रकार टिम चकित पर्यो। अर्गानिक बस्तुको प्रयोजनलाई प्रयोग गर्न फालेलुङ गाउँपालिकालेनै नियम बनाएका छन्। गाउँपालिका भित्र सरकारी कार्यक्रममा बाहिरबाट ल्याइएको खदा, माला प्रयोग गर्न पाइन्ने छैन । त्यहाँका होमष्टेले विगतका दिनदेखी नै स्थानिय उत्पादितले पाहुना स्वागत गर्दै आएको फालेलुङ सामुदायिक घरबाँसका अध्यक्ष रिता राईले बताए ।

पछिल्लो समयमा त्यस होमष्टे आन्तरिक र बाह्य पर्यटनको रोजाईमा पर्न थालेका छन् । छिमेकी राष्ट्र भारतका बंगालीहरुको बाक्लो उपस्थित हुँन थालेको पर्यटन व्यावसायिक शिल्प
कुमार साम्पाङले बताए । काँकडभिट्टाबाट डाइरेक प्राङबुङमा सवारी साधनबाट पुग्छ त्यहाँबाट भैसेहुँदै चारराते, सन्दकपुर, फालोटहु,ंदै मेमेङ भएर काँकडभिट्टा नै फर्कन्छन्। आन्तरिक पर्यटनको आगमनले स्थानीय सरकार र स्थानीय बासीलाई ठुलो टेवा पुगेको होमष्टे सञ्चालक गणेश खपाङगीले बताए ।

होमष्टेमा आउने पाहुना प्राय सुनसान र अर्गानिक खानेकुरा मन पराउँछन्। स्थानिय उत्पादित कोदोको रोटी, मकैको चामलको भात, लोकल कुखुराको मासु, कोदोको तोङ्बा, पोलेको आलु जस्ता खानेकुरा धेरै रुचाउछन।

प्राङ्बुङ चोकको स्थानियको सक्रियतामा नेपाल पर्यटन बोर्ड काँकडभिट्टामा सामुदायिक घरबाँस (होमष्टे) दर्ता गरि सञ्चालन गर्दै आएको अध्यक्ष राईले बताए । ऐले त्यहाँका स्थानिय मात्र नभएर मेमेङ सिदिनका स्थानियलाई पनि ठूलो टेवा पुग्दै आएको राईको दाबी छ। त्यहाँ उत्पादन हुँने आलु, स्कुस, साग, कोपि, प्याज जस्ता सागसब्वी बजार नपाएर गाईबस्तुलाई खुवाउन बाध्य थियो। ऐले नजिकै होमष्टे सञ्चालनमा आएपछि खेरगएको सागसब्वीले पनि मुल्य पाउँदै आएको कृषक धावासंगे गुरुङले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया