☰ open
×

कोशी प्रदेशसभाका सचिव पराजुलीले लिए सपथ

फाल्गुनंद गाउँपालिकाको सूचना

विराटनगर– कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् । 

प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधि २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख परशुराम खापुङले सो पदमा पुनः नियुक्त गरेका थिए । पराजुली विसं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त भएका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया