☰ open
×

कुम्मायक कुसायक आमन्त्रित गोल्डकपको खेलतालिका सार्बजनिक

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर। कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा लाग्ने तङ्सुम तङ्नाम त्रिशाली पूजा तथा मेलाको अवशरमा आयोजित कुम्मायक कुस्सायक आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।

आयोजकले सार्वजनिक गरेको तालिका अनुसार वैशाख १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा १६ गते यलम्बर युवा संस्था (आयोजक)ले धरान फुटवल क्लवको सामना गर्नेछ। यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने खेल अपरान्ह २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

१७ गते दुई खेल हुनेछन्। दिउँसो १२ बजेदेखि हुने खेलमा पाँचथर फुटवल क्वल र ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवले खेल्नेछन् भने अपरान्ह २ बजेदेखि हुने खेलमा इलामको रेडहर्स फुटवल क्वल र पूर्वाञ्चल एपीएफ पकली, सुनसरी आमनेसामने हुनेछन्।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल १९ गते अपरान्ह २ बजेदेखि हुनेछ। सो खेलमा मोरङको डाँगीहाट फुटवल क्लव र दमक एकेडेमी झापाले सेमीफाइनल प्रवेशका लागि प्रतिश्पर्धा गर्नेछन्।

कुम्मायक गाउँपालिका प्रबद्र्धक र तङ्सुम तङ्नाम त्रिशाली पूजा एवंम् मेला मूल समारोह समिति मूल आयोजक रहेको प्रतियोगितालाई यलम्बर युवा संस्था कुम्मायकले आयोजना गरहेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया