☰ open
×

सल्लेरीमा जिप दुर्घटना हुँदा १४ जना घाइते, ८ जना गम्भीर घाइतेलाई जिल्ला अस्पतालबाट रेफर

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर।
पाँचथरको हिलिहाङ गाउँपालिका- ७ मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्ड अन्तर्गत सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार ताप्लेजुङदेखि झापा जाँदै गरेको मे १ ज १९४७ नम्वरको जीप आइतवार बिहान दुर्घटनामा परेको थियो । जीप सडकदेखि ५० मिटर तल झरेको छ । १४ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई पाँचथर जिल्ला अस्पतालबाट रेफर गरिसकिएको जिल्ला प्रहरीले जानकारी दिए।

दुर्घटनामा परेकामध्ये उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीलाई पाँचथर अस्पतालमा उपचार हुन नसकी झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया