![](https://phalelungnews.com/wp-content/uploads/2024/04/thumb-1.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/07/तह-वृद्धि-सम्बन्धि-सूचना.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/06/84e2443e-5689-4332-aa5d-d059e5811166.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/06/सूचना.png)
![फाल्गुनंद गाउँपालिकाको सूचना](https://phalelungnews.com/wp-content/uploads/2024/04/phalgunda-suchana-scaled.jpg)
इलाम — इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ ।
इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका-८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।
कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगूले जानकारी दिए ।
रासस
![](https://phalelungnews.com/wp-content/uploads/2024/05/बोलपत्र.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/07/सूचना-सम्बन्धमा.jpeg)
फेसबुकबाट तपाईको प्रतिक्रिया