☰ open
×

वडा स्तरीय फुटबल प्रतियोगिता नुन्ढाकीको खेल तालिका सार्वजनिक

फाल्गुनंद गाउँपालिकाको सूचना

संखुवासभा, नुन्ढाकी

। पुर्वी पहाडी संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा १ नुनढाकी स्थित तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिद्वारा सञ्चालीत पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरीएको खेल संयोजक अमिर लिम्बूले जानकारी दिए।

प्रतियोगिताको उद्धघाटन खेल आयोजक बि र पोक्लाबुङ्ग बि बिच हुने भएको छ । भने, नृत्य प्रतियोगिता वैशाख १ गते हुने भएको छ। खेल चैत २८ देखि वैशाख १ गतेसम्म संचालन हुने छ। आयोजक सहित १५ टिम सहभागी हुने खेल संयोजक लिम्बूले बताए।

फुटबल प्रतियोगिताको प्रथम विजेताले नगद ३२ हजार १ सय रुपैयाँ, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ् । दोस्रो विजेताले नगद १६बहजार १ सय रुपैयाँ, कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी नृत्य तर्फ प्रथम विजेताले नगद ५ हजार १ सय र उपविजेताले ३ हजार १ सय साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया