☰ open
×

चौरी पर्यटन महोत्सवमा चर्चित गायिका मिलन नेवर आउने

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ।

पाँचथरको फालेलुङ गाउँपालिका -४ चाररातेमा सातौं चौरी पर्यटन महोत्सवमा सांगीतिक प्रस्तुति दिन बैशाख १ गते चर्चित गायिका मिलन नेवर आउने भएकी छिन् ।

प्रत्येक बर्ष बैशाख १ गते नयाँसालमा हुने महोत्सव यसपटक चैत ३० गतेदेखि बैशाख २ गतेसम्म सातौं संस्करणको महोत्सव लाग्ने तयारी भएको छन् । समुन्द्री सतहबाट ३३ सय मिटरको उचाइमा हुँने महोत्सव नेपाल र भारतको सिमानामा पर्छन् । महोत्सव २०७४ सालदेखि निरन्तर लाग्दै आएको हो। चौरी पर्यटन महोत्सव विश्वकै पहिलो पटक चाररातेमा हुँदै आएका छन् ।

महोत्सवमा यसपटक सांगीतिक प्रस्तुति दिन चर्चित गायिका मिलन नेवर बैशाख १ गते आउने भएको हो। ऊनीले दर्जनौं चर्चित गित गाएकी छिन् । द भ्वाइस अफ नेपाल सिजन पाँचका विजेता कोच समेत रहेको थियो। महोत्सवमा मिलन नेवर लगायत अन्य कलाकार मिङ्सोहाङ केरुङ, सुनिल केरुङ, ललिता ठटाल, लक्षिमा मोक्तान, मौसम थाम्सुहाङ, दिपेस पुलामी मगर र सुमन श्री समेतको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया