☰ open
×

फालेलुङमा सातौँ चौरी पर्यटन महोत्सवको तयारी

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ।

पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा सातौँ संस्करणको अन्तराष्ट्रिय चौँरी पर्यटन महोत्सव पाँचथर फालेलुङ-४, चाररातेमा हुने भएको छ ।

२०७४ सालदेखि निरन्तर हुँदै आएको महोत्सवको सातौँ संस्करण चैत ३० देखि बैशाख १ गतेसम्म (तीन दिन)सञ्चालन हुने भएको हो ।

फालेलुङ गाउँपालिका मुख्य प्रवर्धक रहेको महोत्सव आयोजना गर्न संघीय सरकार मातहतको पर्यटन बोर्ड र कोशी प्रदेश सरकार मातहतको वन तथा वातावरण मन्त्रालय लगायतले आर्थिक सहयोग गरेका छन् ।महोत्सवमा ६ सय बढी चौँरी र तिनका प्रजातिसँगै चौँरी र चौँरीजन्य उत्पादनका स्टल राखिने आयोजकको भनाई छ ।

हिमाल र चौँरी एक अर्काको पर्याय भएकाले तिनको अस्तित्व जोगाउन २०७४ सालदेखि फालेलुङमा चौँरी महोत्सव आयोजना गर्न थालिएको हो । महोत्सवमा नेपाल, भारत, भुटान, चीन र सिक्किम सहित नेपालका विभिन्न स्थानबाट तीनहजार हाराहारी आन्तरिक र वाहृय पर्यटक आउने लक्ष राखिएको फालेलुङ गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङको भनाई छ ।

दीप ज्योती युवा क्लव फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्था र कञ्चनजंघा चौँरी पालन संरक्षण संस्थाले आयोजना गर्ने महोत्सवको व्यवस्थापन सुर्यदय युवा क्लव फालेलुङ-४ ले गर्ने भएको हो ।

महोत्सवले सिमा संरक्षण र फालेलुङका पर्यटकीय स्थलहरुको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजक मध्ये दीप ज्योति युवा क्लवका कार्यकारी अधिकृत सुनिल बान्तावा बताँउछन ।

कांतिपुरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया