☰ open
×

घुर्बेसे पञ्चमीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते

फाल्गुनंद गाउँपालिकाको सूचना

घुर्बिसे पञ्चमी। पाँचथरको फाल्गुनन्द गाउॅपालिका ५ घुर्बिसे पञ्चमी छेउ विहीबार साँझपख ५:४५ बजे ट्याक्टर दुर्घटना हॅुदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा फाल्गुनन्द-७, आङ्साराङ निवासी २९ वर्षीय चालक बसन्त दमाई र ५ नम्बर वडा निवासी सहचालक २२ वर्षीय राज नेम्बाङ रहेका छन् ।

घुर्बिसे पञ्चमीबाट फाक्तेप जानेक्रममा खाली ट्याक्टर बजारदेखि मायालु सडकको करीब एक किलोमिटर पश्चिममा दुर्घटना भएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज खगेनसिं राजबंशीले जानकारी दिए । याक्पेबुङ देवीथानबाट दुई सय मिटर तल खसेको छ । ट्याक्टरदेखि करीब २० मिटर माथिबाट घाइतेहरुलाई उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत झापा पठाइएको जनाइएको छ । घाइते चालकको खुट्टा भाँचिएको बोल्न सक्ने अवस्थामा रहेका छन् भने सहचालक सामान्य घाइते भएको बताइएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएका छन् ।

नयाँ बुलन्दबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया