☰ open
×

नयाँ वर्षको अवसरमा नुन्ढाकीमा वडा स्तरीय पुरुष फुटबल तथा नृत्य प्रतियोगिता हुने

फाल्गुनंद गाउँपालिकाको सूचना

किरण लिम्बू
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी स्थित तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल तथा नृत्य प्रतियोगिता संचालन हुने भएको छ ।

विगतका वर्षजस्तै यस पटक पनि तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो । आगामी चैत २८ गतेबाट प्रतियोगिता शुरु भई २०८१ वैशाख १ गते समापन हुने आयोजक तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका खेल संयोजक अमिर लिम्बुले जानकारी दिए । उनले पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।

उक्त फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रू ३२ हजार १ सय , कप, मेडल र प्रमाण पत्र रहेको छ भने द्वितीय पुरस्कार रू १६ हजार १सय कप, मेडल र प्रमाण पत्र रहेको छ भने नृत्य तर्फ प्रथम ५ हजार १ सय र द्वितीय ३ हजार १ सय साथमा प्रमाणपत्र रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया