☰ open
×

उदय केरुङ आइतबारदेखि सगरमाथा हिमाल चढ्दै

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ।

उदय केरुङले सगरमाथा चढ्नको लागि सबै तयारी गरिसकेका छन् । चैत २५ आइतबार (april 07) मा हिमाल आरोहणको तय भैसकेको छ।

केरुङले सगरमाथासँग तीनवटा हिमाल आरोहण गर्नेछन् । यो भन्दा पहिला मेरा पिक हिमाल ६ हजार ४ सय ७४ मिटरको उचाई र मनास्लु हिमाल ८ हजार १ सय ६२ मिटरको हिमाल सफल आरोहण गरिसकेका छन् ।

यसपटक सगरमाथा आरोहण गर्नको लागि ३५ लाखदेखि माथी खर्च लाग्ने केरुङले बताए । खर्चको तयारी भैसकेको छन् । उनको साथीहरू देशविदेशबाट ५ हजार १० हजार गर्दै सहयोग गरेको उनले बताए । बाकी सबै आफ्नै खर्चबाट हिमाल चढ्न लागेका हुन् । सहयोगको लागि आफ्नै गाउँपालिका पाँचथरको फालेलुङ गाउँपालिकामा सहयोगको प्रपोज्वल पेस गरेपनी आश्वासन मात्र देखाए र लिम्बूहरुको विभिन्न संघसंस्थाबाट सहयोग गर्ने आश्वासन देखाए तर ऐलेसम्म कहिँबाट सहयोग आएन्न।

केरुङ रोजगारको सिलसिलामा मलेसिया गएका थिए। उनले १३ वर्षसम्म मलेसियामा बिताए । बिदेश गएर पैसा कमाएर सहरमा जग्गा, किन्ने घरबनाउने, परिवारलाई खुशी दिने सबैको सपना हुन्छ तर केरुङले त्यसो गरेनन् । केरुङले कमाएको पैसाले हिमाल आरोहण गरेर देशबिदेशमा आफ्नो देश, जिल्ला र गाउँपालिकालाई पर्यटकीयको रुपमा चिनाउने उनको लक्ष्य रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया