☰ open
×

प्राङबुङका होमष्टेमा बिदेशी पर्यटकहरुको घुइँचो

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ

पाँचथरको फालेलुङ गाउँपालिका ५ प्राङ्बुङ फालेलुङ होमष्टे (घरबास) मा बाह्य पर्यटन बढ्दै गएको छन् । नेपाल पर्यटन बोर्ड काँकडभिट्टाबाट (NTB) होमष्टे दर्ता गरि प्राङबुङका महिलाहरूले होमष्टे सञ्चालन गर्दै आएका हुन् ।

मौलिक परिकार, गाउँले शैली र पाहुना संस्कारले पर्यटक चकित हुन्छन् । पाहुनालाई बिदाई गर्दा स्थानिय उत्पादित कोसेलीले बिदाई गर्छन् । सिजन अनुसारको माला जस्तै गुराँस फुल्नेसमयमा बोटबाट झरेको लालिगुराँसको फुलको माला या मकैको खोयाको माला उनेर पाहुनाको गलामा लाएर बिदाई तथा स्वागत गर्ने गरेको होमष्टेका अध्यक्ष रिता राईले बताए ।

प्राङबुङ चोकमा ३/४ वटा होमष्टे सञ्चालनमा छन् । गतसालहरुमा पर्यटक त्यति आएका थिएन । यसपटक निकै घुइँचो देखिन थालेको पर्यटन व्यावसायिक शिल्प कुमार साम्पाङले बताए । छिमेकी राष्ट्र भारतको बंगालीहरु धेरै आउन थालेका छन् । काँकडभिट्टादेखि गाडीमा प्राङबुङसम्म् आइपुग्छन् । प्राङबुङदेखी विभिन्न ठाउँहरु अवलोकन गर्दै भैसे, चारराते, सन्दकपुर, शिखरगुम, तिनसिमाना फालोट हुँदै मेमेङ भएर काँकडभिट्टा नई फर्किने रुड छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया