☰ open
×

कवाडि सामानबाट इन्द्रजितले बनाए इलेक्ट्रोनिक बाइक

फाल्गुनंद गाउँपालिकाको सूचना

विराटनगर । मोरङको बेलबारी वडा नं. २ लालभित्तिका बसोबास गर्ने इन्द्रजित शाहले इ–बाइकको प्रोटोटाइप निर्माण गरेका छन् । छ।

सुकना माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत शाह र उनको टिमले कवाडी सामानहरूको भेला गरेर इ –बाइकको प्रोटोटाइप निर्माण गरेको हो ।

वार्षिक परीक्षाको सकिए पछिको खाली समयको सदुपयोग गरी केही नयाँ सिर्जना गर्ने उद्देश्यले इ–बाइकको प्रोटोटाइप निर्माण गरेको उनले बताए ।

१२ भोल्टको ब्याट्री, ७५० आरपीएमको मोटर, डिजिटल डिस्प्ले स्पिडोमिटर, इलेकट्रोनिक सर्किट बोर्ड र अन्य सामग्रीको प्रयोग गरेर निर्माण गरेको उनले बताएका छन् । परिवारको सहयोग र साथीभाइको हौसलाबाट अनुमानित ४० हजारको बजेटमा बनाएको उनले बताएका छन् । एक पटक चार्ज गर्दा ३५ किलोमिटर सम्म चल्ने उनको दबी रहेको छ ।

उनका अनुसार निर्माण गरेको इ–बाइकको सस्तो हुने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया