![](https://phalelungnews.com/wp-content/uploads/2024/07/तह-वृद्धि-सम्बन्धि-सूचना.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/06/84e2443e-5689-4332-aa5d-d059e5811166.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/06/सूचना.png)
![फाल्गुनंद गाउँपालिकाको सूचना](https://phalelungnews.com/wp-content/uploads/2024/04/phalgunda-suchana-scaled.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही चैत २७ गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सुरुमै समय लिएर कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफूहरुले उठाउँदै आएको विषयमा सरकार गम्भीर नभएको बताए ।
उनले भनेका छन्, ‘सरकारले अर्को बैठकमा आउँदै गर्दा संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँबायाँ हुने वाला छैनौं ।’
कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको नामसमेत जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछाने निर्दोष रहेको बताएको र त्यस्तो जवाफले शंका उब्जाएको उनले बताए ।
पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान हुँदैछ भनेको तर, नयाँ समीकरण बनेपछि अनुसन्धान नै रोकिएको भन्दै उनले सहकारीको वचतकर्ताको अधिकारका लागि समेत संसदले निकास दिनुपर्ने बताए । यसका लागि आरोपित गृहमन्त्रीको सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ ।
online khabar
![](https://phalelungnews.com/wp-content/uploads/2024/05/बोलपत्र.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/07/सूचना-सम्बन्धमा.jpeg)
फेसबुकबाट तपाईको प्रतिक्रिया