☰ open
×

मलेसियामा काम गर्ने उदयको सगरमाथा चुम्ने सपना

फाल्गुनंद गाउँपालिकाको सूचना

काठमाडौँ– १३ वर्षदेखि वैदेशिक रोजगारमा मलेसियामा काम गरिरहेका उदय केरुङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सपना देखेका छन्। उनी आफ्नै खर्चमा सगरमाथा शिखरमा पाइला टेक्न आतुर भएर अहिले आरोहणमा निस्केका छन्।

उनले यसअघि  ६ हजार ४ सय ७६ मिटरको रहेको मेरा पिक र ८ हजार १ सय ३६ मिटर उचाइमा रहेको मनासलु हिमालको सफल आरोहण गरिसकेका छन्।

उदय विदेशमा बसेर काम गर्दै बचत गरेको पैसाले हिमाल आरोहण गर्ने सपना बोकेर नेपाल आएका हुन्।  यसभन्दा अगाडि गरेका हिमालको सफल आरोहणले पनि उनलाई सगरमाथा चुम्न हौस्याएको छ।

नेपालको पाँचथरका हुर्केबढेका हुन् उदय। आफूजस्तो साधारण मानिसले लिएको यो चुनौतीले सर्वसाधारणलाई उत्साही बनाउने उनी बताउँछन्। पैसा नभएको सामान्य मानिसले पनि हिमाल चढ्नसक्छन् भन्ने देखाउनु छ उनलाई।

फेसबुकबाट तपाईको प्रतिक्रिया