☰ open
×

तेह्रथुमकि बिबरानी कन्दङवाले पाइन् नयाँ घर

फाल्गुनंद गाउँपालिकाको सूचना

तेह्रथुम । तेह्रथुम जिल्ला आठराइ गाउँपालिका वडा नम्बर ७ मरसाङवाडीका एकल महिला बिबरानी कन्दङ्वा लिम्बूले नयाँ घर पाएकी छिन् ।
जिर्ण अवस्थामा रहेको छाप्रोमा कष्टकर जीवन यापन गर्दै आएकी ८० वर्षकी कन्दङवाले बिहिवार नयाँ घरमा सरेकि छिन् । आठराई गाउपालिका वडा नम्बर २ हाल दक्षिण कोरियामा रोजगारको क्रममा जानुभएको सुमन हाङ्स्रोङको आर्थिक सहयोगमा घर निर्माण भएको समाजसेवी भुवन किशोर इङ्नामले जानकारी दिए। ढुङ्गामाटो र खरले छाएको छाप्रो ढ्ल्न लागेपछि समाजसेवी तथा पत्रकार तुल्सीराम घमलाले सहयोगको लागि सामाजिकसंजालमा भिडियो सार्बजनिक भएको थियो। त्यसपछि समाजसेवी हाङ्श्रोङले ७२ हजार ३ सय ५० रुपैयाँ बराबरको नयाँ घर निर्माण गरिदिएको हो।
कङ्दङवाले तीन वटा बाख्रा पालेकी छिन् । ऊनी राम्रोसँगले आँखा पनि देख्दैन्न। घरमा बिजुली बत्ती, सोलार र मट्टीतेलको बत्ती पनि छैनन् । उनको घरमा ट्वाइलेट वात्रुम पनि छैनन् । स्थानीय सरकारले खासै चासो नगरेको त्यहाँका स्थानीय अबिनारण पराजुलीले जानकारी दिए। कङ्दङवालाई समाजसेवी कन्चन श्रेष्ठले लत्ताकपडा लगायत खानेकुरा ल्यांइदिए। कन्दङवाले यतिराम्रो नयाँ घरमा सर्न पाउँदा भाबुक हुँदै खुशी भए। उनले भने ूमलाई यति राम्रो घर बनाइदिएको छ यो घर बनाइदिने मान्छे त देखेको छैन उहाँलाई धेरै धेरै धन्यवाद भगवानले रक्षा गरुन् भन्दै धन्यवाद दिइन ।
हाङ्श्रोङले योभन्दा पहिला पनि छातेढुङगाका एकल महिला चमेली कन्दङवाको घर निर्माण गरिदिएको थियो। आठराईमा आगलागी हुँदा घर जलेका पीडितहरुलाई पनि आर्थिक सहयोग गरेको थिए। उनको वडामा बिजुली बत्ति बाल्न नसक्ने ती गरीबको घरमा पनि निस्शुल्क मिटरबक्स राखेर सहयोग गरेको समाजसेवी हाङ्श्रोङका छिमेकी अमर बिशुङ्खेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया