विराटनगर। कोशी प्रदेशका प्रदेशसभा सदस्य गोम्बु शेर्पाले प्रदेशसभाको बैठकमा सोमबार पनि गीत गाएका छन् । बजेटमाथिको छलफलका क्रममा उनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको घर छेउमा रहेको गौरादह पोखरीमा पटक–पटक बजेट विनियोजन भएको भन्दै गीतमार्फत् व्यंग्य गरेका हुन् ।

Nepalitheme

उनले ‘गौरादहको बजारमा, माया हाम्रो बस्यो’ बोलको गीत गाएका हुन् । गायक सीताराम ताजपुरियाले गाएको यो गीत निकै चर्चित छ । गीतको रेकर्डिङ २०४२ ताका रेडियो नेपालमा गरिएको थियो ।

‘वास्तवमा माया बस्ने भनिएको हिजोको गौरादह, गौरादहले गर्दा मुख्यमन्त्रीज्यू तपाईं र मेरो, मुख्यमन्त्री र प्रदेश निवासीको बसिसकेको माया पनि छुट्ने देखियो नि !’, उनले भने, ‘प्रत्यक्षले दुई करोड ५० लाख र समानुपातिकले १ करोड ५० लाखको योजना पेस गर्ने र बाँकी चाहिँ क्रमागत र बहुवर्षीय योजनालाई निरन्तरता दिने भनिएको थियो । तर, अहिले एउटै मन्त्रालयबाट मत्स्यगन्धा फनपार्क निर्माणमा पाँच करोड छुट्याइएको छ । यो न्यायपूर्ण हो रु यहाँ भ्रष्टाचारको गन्ध आयो ।’

ऊनको स्वीटर टेजर

मुख्यमन्त्रीले आफ्नो घरछेउको पोखरीमा चार करोड बजेट विनियोजन गरेको भन्दै उनले असन्तुष्टि जनाए । ‘एउटै तहमा चार–चार करोड लगाउने यो न्यायपूर्ण हुन्छ ?,’ शेर्पाले थपे ।

शेर्पा माओवादी केन्द्रका सांसद हुन् । प्रदेशसभा सदस्य शेर्पाले यस अघि पनि प्रदेशसभामा ‘भिजिट भिसामा’ भन्ने बोलको गीत गाएका थिए ।

गौरादह पोखरीको संरक्षणको काम २०६५ सालदेखि शुरू गरिएको थियो । त्यसपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बजेट प्रत्येक वर्ष जस्तो लगानी गरिरहेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा कोशी प्रदेश सरकारबाट पोखरी संरक्षण, गौरादह पोखरी व्यवस्थापन र पर्यटकीय पोखरीको पूर्वाधार निर्माण भन्दै तीन शीर्षकबाट १-१ करोड गरी तीन करोड रूपैयाँ विनियोजन गरेको थियो ।

त्यसबेला भर्खरै बनेको कोशी प्रदेश सरकारमा हिक्मतकुमार कार्की आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । सो रकममध्ये १ करोड ५ लाख रूपैयाँ घेराबारको लागि मात्र खर्च गरिएको थियो । सोही वर्ष नगरपालिकाले पोखरीका लागि ३० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा पनि प्रदेश सरकारबाट पोखरीका लागि १ करोड ५० लाख रूपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा पोखरीका लागि ४ करोड बजेट विनियोजन गरिएकोमा राजेन्द्रकुमार राई नेतृत्वमा नयाँ सरकार बनेपछि त्यो बजेट प्रदेश सरकारले कटौती गरेको थियो ।

चालु आवका लागि समेत ४ करोड विनियोजन भएको यो पोखरीका लागि आगामी आर्थिक वर्षका लागि पनि चार करोड पाँच लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय