☰ open
×

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

फाल्गुनंद गाउँपालिकाको सूचना

काठमाण्डौ – नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवा प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ ।

राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया