☰ open
×

कुटपिटबाट मृत्यु भएको घटनामा सम्लग्न ३ जना पक्राउ

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर।

पाँचथरको फिदिम नगरपालिका-१४ लुङरुपामा कुटपिटबाट मृत्यु भएको घटनामा सम्लग्न ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

घटनामा सम्लग्न फिदिम नगरपालिका वडा न.१२ निवासी ३७ वर्षिय दिनेश मगर, फिदिम नगरपालिका वडा न.१३ निवासी २६ वर्षिय विजय लिम्बू, र फिदिम नगरपालिका वडा न.२८ वर्षिय सुशिल राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त क्षेत्री भण्डारीले बताउनुभयो ।

घटनामा सम्लग्नलाई २४ घण्टा नवित्दै पक्राउ गर्न प्रहरी सफल भएको छ । पाँचथरको फिदिम नगरपालिका वडा न.१४ मा धामीझाँक्री हेर्न गएका एक जनाको सामूहिक कुटपिटबाट मृत्युभएको थियो । फिदिम नगरपालिका– १४ मा बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका ३७ वर्षीय दिनेशकुमार राईको सामूहिक कुटपिटबाट मृत्यु भएको थियो । स्थानीय धनकुमार राईको घरमा बिहीबार राति धामी झाँकी नचाउने कार्यक्रम हेर्न गएका युवाहरुविच कुटाकुट हुँदा घाइते भएका ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको थियो ।

बिहीबार साँझ राति धनकुमारको घरमा चिन्ता बसेको हेर्न गएका दिनेशसहित २८ वर्षीय पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा समेतलाई त्यहाँ गएका २० जनाको समूहले कुटपिट गरेको थियो । कुटपिट बाट घाईते केहि ब्यक्तिहरुको उपचार भइरहेको छ भने केहि डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया