☰ open
×

फिदिम बजार नजिक बेवारिसे अवस्थामा एउटा शव भेटियो

फाल्गुनंद गाउँपालिकाको सूचना

फिदिम।

फिदिम बजार नजिक बेवारिसे अवस्थामा एउटा शव भेटिएको छ।


फिदिम नगरपालिका ४ पाथीभरा भेनीयर उद्योग नजिकै नयाँ बसपार्कबाट जोरसाल जाने मोटरबाटोको नालीमा नाम थर नखुलिएको अन्दाजी १७/१८ वर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यलयबाट विनय शाहले जानकारी दिनुभयो।

उक्त शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। तत्काल शवको सनाखत हुन बाँकी रहेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया