☰ open
×

फालेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट ५२ करोड ल्यायो (नीति कार्यक्रम सहित)

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर।

पाँचथर जिल्ला फालेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा नीति कार्यक्रम सार्बजनिक गरेको छ।

शुक्रबार गाउँपालिकाको केन्द्र थोकेपुङमा गाउँसभाको (बर्षे अधिबेशन)ले ५२ करोड २९ लाख १४ हजारको बजेट ल्याएको हो। गाउँपालिकाका अध्यक्ष वीर बिक्रम थाम्सुहाङ द्वारा नीति तथा कार्यक्रम, विधेयक र उपाध्यक्ष महेन्द्र जबेगूले प्रस्तुत गरेका बजेट सर्वसम्मत पारित समेत भएको छ।

संघीय सरकार र प्रदेश सरकारको समपुरकम कोष समेत गरि कुल पुँजीगत खर्च तर्फ १८ करोड ४० लाख ७१ हजार ६ सय ८८ रुपैयाँ र कुल चालु तर्फ ३३ करोड ७८ लाख ४२ हजार ३ सय १२ रुपैयाँ गरि कुल जम्मा ५२ करोड २९ लाख १४ हजारको बजेट विनियोजन गरिसकेको छ।

गाँपालिकाको प्रशासकीय भवनमा साउन १ गतेदेखि संचालन हुँने गरि ठेकेदार कुमार गुरागाइबाट पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वेले चावी हस्तान्तरण गरिएको थियो।

फालेलुङ गाउँपालिकाको आव २०८१-०८२ को वार्षिक बजेट

राजपत्र फालेलुङ गाउँपालिका आर्थिक ऐन, २०८१

फेसबुकबाट तपाईको प्रतिक्रिया