☰ open
×

जैविक बिषादी उत्पादन प्रवर्द्धन तालिम साथै सामाग्री वितरण

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर।

पाँचथरको फिदिम नगरपालिका-११ फेउदिनका कृषकहरुलाई जैविक बिषादी उत्पादन प्रवर्द्धन तालिम दिइएको छ ।


बुधबार सल्लेरी कृषी सहकारी संस्था लिमिटेडको आयोजना र कृषी ज्ञान केन्द्र पाँचथरको आर्थिक र प्राविधिक सहयोगमा फेउदिन टोलमा एकदिने तालिम संचालन गरेका छन्। अर्गानिक तरकारी उत्पादन गर्ने स्थानीय स्थरमा प्रांगरिक मल र जैविक बिषादी बनाउने भन्दै त्यहाँका महिलाहरुको सक्रियतामा तालिमको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष शिवमाया कार्कीले बताईन्।


तरकारीमा बढि विषादी प्रयोग गर्दा मानिसको स्वास्थमा खेलवाड भएको भन्दै स्थानीय स्तरमा पाइने अमिलो, तितो, पिरोटर्रो लगायतका बस्तुहरुको प्रयोग गरेर रसायनिक मलको उत्पादन गर्ने तालिम संचालन गरिएको कृषी ज्ञान केन्द्रका केशव बहादुर मग्रांतीले बताउनुभयो।


कृषी ज्ञान केन्द्र पाँचथरले संस्थालाई ७५ हजार बराबएरको सामाग्री पनि वितरण गरेका छन्। रसायनिक मल बनाउन २५ वटा ड्रम, मल बनाउन र माटोलाई मलिलो बनाईराख्न ईएन २५ वटा र हजारी २५ वटा वितरण गरिएको जनाएको छ्।


वडा सरकारले पनि कृषीलाई पहिलो प्राथमिक्तामा राखेको वडाध्यक्ष राजेन्द्र कुमार थापाले बताउनुभयो। अघिल्लो आर्थिक वर्षमा वडाले कफी र फलफुलको लागि १० लाख बिनियोजन गरेको थियो। यसपटको बजेटमा १० लाख सुन्तला र कागतीको बुरुवा खरिद गर्ने गरि बजेट बनाएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया