☰ open
×

मुकुम्लुङ रुख काटिएको क्षेत्रमा वृक्षरोपण गरियो

फाल्गुनंद गाउँपालिकाको सूचना

ताप्लेजुङ– धार्मिक तथा पर्यटकीय ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा पहिचानवादी, लिम्बु धर्मावलम्बी तथा सम्पुर्ण प्रकृतीप्रेमीहरुले जेष्ट ३१ र ३२ गते दुई दिन वृक्षारोपण गरेका छन् ।

ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रमा केबलकार चलाएर व्यापारीकरण गर्न लागेको विरोधमा लिम्बु धर्मावलम्बीहरूले पूजा(आराधनासहित वृक्षारोपणलाई तीव्र बनाएका हुन् ।

पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरूले केवलकार निर्माण परियोजनाको विरोध गर्दै युमा धर्मअनुसार पूजा(आराधना गरेर बिरूवा रोपिरहेका छन् ।

दुई दिनदेखि जारी यो अभियानका क्रममा हजारौं बिरूवा रोपिसकिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया