☰ open
×

ताप्लेजुङमा लेदोले ट्याक्टर पुरिँदा फिदिम-१४ को राईको मृत्यु

फाल्गुनंद गाउँपालिकाको सूचना

ताप्लेजुङ । सिरिजंगा गाउँपालिकामा निर्माणाधीन काबेली-३ जलविद्युत आयोजनामा लेदोले पुरिएर एकजना ट्याक्टरका सहचालकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका-१४ का सविन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार गिट्टी पुर्‍याएर फर्कने क्रममा ढुंगामा अड्किएर ट्याक्टर फसेको र निकाल्ने क्रममा पल्टिएर लेदोले पुरेर सहचालकको मृत्यु भएको पाइएको छ । चालक भने हामफालेर बाँच्न सफल भएका छन् । मृतकका आफन्त प्रताप राईका अनुसार मृतकका ससाना बालबच्चा छन् । उनीहरूको पालनपोषणको लागि सहयोग गरिदिन आयोजनासँग कुरा भइरहेको छ ।

आयोजनाले भने भाडामा लिएकाले आफूहरूलाई सहयोग गर्न कठिन रहेको जनाएको छ । फिदिम नगरपालिका-१४ का सन्तोष राईको ट्याक्टर आयोजनाले भाडामा लिएको जनाएको छ । क्षतिपूर्तिको जिम्मा ट्याक्टर धनीको हुने दलिल आयोजनाले गरेको छ ।

यता फुङलिङ नगरपालिका-६ मा चट्याङले लागेर मंगलबार बेलुका एउटा दुहुनो गाई र एउटा बाख्रा मरेका छन् । नविन गुरुङको गाई र बाख्रा मरेको वडाध्यक्ष तेज गुरुङले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया