☰ open
×

फालेलुङमा जेठ १९ गते ज्योति मगर आउने

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर

पाँचथरको फालेलुङ गाउँपालिका-३ नाम्लुवा भञ्ज्याङ् स्थित प्रेमवादी सामुदायिक भवनमा जेठ १९ गते गायिका ज्योति मगर आउने भएकी छिन् ।

फालेलुङ वाङमय प्रतिष्ठानले आयोजना गरेको दोस्रो वृहत् साहित्यिक तथा साँस्कृतिक महोत्सवको समापनमा मगर आउने प्रतिष्ठानको अध्यक्ष सुरेन शिशिर केरुङले जानकारी दिएका छन् । गतसाल देखि महोत्सव लाग्दै आएका यसपटक पनि विभिन्न कार्यक्रम गर्ने केरुङले बताए । यसपटक कलाकरहरु ज्योति मगरसहिद प्रितिका बेघा, सुनिल केरुङ, ललिता ठटाल, मिङसो केरुङ र आयुश गुरागाईको उपस्थिति रहने आयोजक नरेंद्र केरुङले बताउनुभयो।

पालिकाबाट प्रतिष्ठानको लागि छुट्याएको रकम १० लाखबाट ज्योति मगरको लागि खर्च नगर्ने अध्यक्ष केरुङले बताए। गायिका मगरको लागि अन्य व्याक्तिहरुबाट आर्थिक संकलन गरि खर्चको जोहो गर्दै गरेको बताए।

नेपालमा ७ सय ५३ स्थानीय तह मध्य गाउँपालिकामा पहिलो फालेलुङ गाउँपालिकामा प्रतिष्ठान गठन भएको हो। प्रतिष्ठानले गतवर्ष देखि फालेलुङ गाउँपालिका भित्र रहेको भाषा, कला, साहित्य र संगीतको संरक्षण गर्दै आएका छन् । यसवर्ष पनि पुरानो साहित्यकार, गीतकार, शिक्षक, पत्रकार, राजनैतिक ब्याक्तित्वलाई सम्मान गर्ने अध्यक्ष केरुङले बताउनुभयो ।

महोत्सवको समुदघाटनका दिन फालेलुङ गाउँपालिका भित्रका सामाजिक, राजनैतिक, शैक्षिक, साहित्यीक, कलाकार, खेलकुद र पत्रकारहरुलाई सम्मान गर्ने र कविता वाचन कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

जेठ १९ गते पालिका भित्र रहेका विभिन्न जातीहरुको सांस्कृतिक झाँक्री प्रस्तुत, मायाँको चिनो वितरण र ख्याति प्राप्त गायीका ज्योति मगरको सांगीतिक प्रस्तुती रहने आयोजकले जानकारि दिएको छ।

गाउँपालिकाले प्रतिष्ठानको लागि १० लाख पालिकाबाट रकम विनियोजन गरेका छन्् । विनियोजित रकम महोत्सवबाट खर्च नभएको रकमलाई प्रतिष्ठानको कार्यलयमा सांगीतिक बाध्यबाजा खरिद गर्ने अध्यक्ष केरुङले बताउनुभयो। त्यसमा पालिकाको रकम कलाकार ज्योति मगर ल्याउदा खर्च नगरने भएको हो। आयोजक र प्रायोजकबाट रकम संकलन गरि कलाकारलाई खर्च गर्ने जानकारी दिए।

महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न उप–समिती गठन गरिएको प्रतिष्ठानका अध्यक्ष केरुङले जानकारि दिनुभयो । महोत्सव फालेलुङ ३ प्रेमवादी सामुदायिक भवनमा हुनेभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया