☰ open
×

सोमबारेमा डाइभर्सन निर्माण कार्य सम्पन्न

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ ।
फालेलुङ गाउँपालिकाको वडा नम्बर ४ सोमबारे हेवाखोलामा डाइभर्सन निर्माणसकिएको छ।

असार २ गतेको अविरल वर्षासँगै आएको बढिले त्यहाको मोटरबाटो भत्किएको थियो । साबिक मेमेङ एक र प्राङ्बुङ ७ जोडिने मोटरबाटो दुई महिना देखि ठप्प भएको थियो। गाउँपालिकाले अप्पकालीन समाधानका लागि त्यहाँ डाइभर्सन निर्माण गरेको हो ।

त्यस, डाइभर्सन निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुको पहलमा पूर्वाधार विकास कार्यालय पाँचथरबाट पाँच वटा ह्युमपाइप उपलब्ध भएपछि निर्माण सम्पन्न भएको छ। निर्माणको काम सकिए पनि ढलाई सुक्न बाकी रहेकोले यातायात संचालनमा आउने केही दिन लाग्ने फालेलुङ–५, का वडाअध्यक्ष भरत खपाङ्गी मगरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया