☰ open
×

थाम्सुहाङ सेवा समाजद्वारा सिङमायालाई नयाँ घर

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर, नांगिन।

नाँगिनका सिङमाया थाम्सुहाङले नयाँ घर पाएकी छिन् । सनिवार थाम्सुहाङ सेवा समाज नाँगिन इकाइ समितीद्वारा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो। ६३ वर्ष पुगेकी थाम्सुहाङ एकल महिला हुन् । नगरपालिकाबाट एकल भत्ता पाएपनी घर निर्माण गर्न सकिरहेको थिइनन् । सानो भत्केको कटेजमा कष्टका साथ जीवनयापन गुजारा गर्दै आएकी थाम्सुहाङलाई जातीय संस्था थाम्सुहाङ सेवा समाज गाउँइकाईले घर निर्माण गरिदिएको संस्थाका अध्यक्ष चतन थाम्सुहाङ्ले जानकारी दिए।

घर हस्तान्तरण कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण गरिएको हो। घर अस्थाई रुपमा मात्र निर्माण भएको भन्दै नगरपालिकाबाट व्यवस्थित रुपमा घर निर्माण गरिदिने उप मेयर न्यौपानेले प्रतिबद्धता गरे। नगरपालिकाबाट खरको छानो हटाएर जस्तापाता वितरण गर्दै आएका छन् । घर बिहिनलाई घर निर्माण गर्दै आएका छन् । सिङमायाले पनि नगरपालिकाबाट पाउने सेवा सुबिधा र अस्थाईको रुपमा घर निर्माण भएको घरलाई पुर्णरुपमा नगरपालिकाले निर्माण गरिदिने व्यवस्था गर्ने न्यौपानेले बताए ।

सिङमायालाई थाम्सुहाङ सेवा समाजका केन्द्र अध्यक्ष भवेन्द्र थाम्सुहाङले २१ हजार बराबरको चामल, तेल, नुन, मसला र लत्ताकपडा वितरण गरिएको संस्था अध्यक्ष चेतन थाम्सुहाङले बताए । बाँसको भाटाको बार र जस्तापाताले निर्माण गरिएको घर ४५ हजार बराबरको खर्च भएको छ। घर निर्माणमा छिमेकी र संस्थाका सकृय युवाहरूबाट श्रमदान स्वरुप निर्माण गरिएको अध्यक्षले जानकारी दिए ।
Sent 3m ago

फेसबुकबाट तपाईको प्रतिक्रिया