पाँचथर।  जनसंस्कृतिक महासंघ नेपाल, जिल्ला कमिटी पाँचथरको दोस्रो अधिवेशनबाट मचिन्द्र लोवा अध्यक्षमा चयन भएका छन्। बुधबार फिदिममा सम्पन्न अधिवेशनले १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।

Nepalitheme

नवगठित कार्यसमितिमा अध्यक्ष लोवासँगै उपाध्यक्षमा रजनी हाङ्सरुम्वा, सचिवमा शिल्प राई, सहसचिवमा बुद्ध केरुङ, कोषाध्यक्षमा रोहित तुम्रोक चयन भएका छन्। त्यस्तै सदस्यहरूमा मन्जना राई, ज्योती बेघा, नोगेन केरुङ, रोदन चेम्जोङ, सुरेश सेर्मा, कञ्चन तुम्बापो, अञ्जन राई र अमिसन तुम्बापो चयन भएका छन्।

कार्यसमिति चयनको जानकारी नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय पाँचथरका सचिव सन्दीप तुम्रोकले दिएका हुन्।

ऊनको स्वीटर टेजर

अधिवेशनको प्रमुख अतिथिमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सीता थेवे रहेकी थिइन्। विशेष अतिथिमा प्रदेश १ का सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज दिनेश लावती, जिल्ला संयोजक विशाल रसाइली र प्रदेश सदस्य डिपी मुखिया सहभागी थिए।

अधिवेशन बिबी शेर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन नवनिर्वाचित अध्यक्ष मचिन्द्र लोवाले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि थेवेले शुभकामना मन्तव्य दिँदै, “जनसंस्कृतिक महासंघले जिल्ला भरका साहित्य, कला र सिर्जनामा संलग्न व्यक्तिहरूलाई संरक्षण र प्रवर्द्धन गर्न भूमिका खेल्नुपर्छ,” भन्ने धारणा राखिन्।

त्यस्तै जिल्ला संयोजक रसाइलीले महासंघले जनवादी गीत तथा चेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने बताए। जिल्ला सहइन्चार्ज लावती र प्रदेश सदस्य डिपी मुखियाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय