काठमाडौँ — ‘पाँचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ मा लिम्बू भाषाको चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्रको अवार्डसहित उत्कृष्ट निर्देशनको अवार्ड जितेको छ।

Nepalitheme

चलचित्र ‘चे’ का निर्देशक सागर केरुङले उत्कृष्ट निर्देशनको अवार्ड प्राप्त गरेका हुन्। २०८२ साल असार ६ देखि ८ गतेसम्म राजधानीमा सम्पन्न तीनदिने महोत्सवमा विभिन्न आदिवासी भाषाका करिब तीन दर्जन चलचित्रहरू प्रतिस्पर्धामा थिए।

राजनीतिक सन्दर्भलाई मूल विषय बनाइएको ‘चे’ चलचित्रमा वर्तमान परिवेशमा आदिवासी समुदायका समाधिस्थलमाथि भइरहेको आक्रमणको चित्रण गरिएको छ। चलचित्रका लेखक तथा निर्देशक सागर केरुङका अनुसार ‘चे’ आगामी अगस्ट १७ मा हङकङ र कोरियामा पनि प्रदर्शनमा ल्याइनेछ।

ऊनको स्वीटर टेजर

यसअघि आदिवासी जनजाति चलचित्र महोत्सवका अघिल्ला संस्करणहरूमा पनि विभिन्न आदिवासी भाषाका उत्कृष्ट चलचित्रहरू पुरस्कृत हुँदै आएका छन्।

  • पहिलो संस्करण (२०७४/२०१७) मा मगर भाषाको चलचित्र ‘लोम्बा’

  • दोस्रो संस्करण (२०७५/२०१८) मा राई भाषाको ‘यारी’

  • तेस्रो संस्करण (२०७६/२०१९) मा लिम्बू भाषाको ‘के’

  • चौथो संस्करण (२०८१/२०२४) मा मगर भाषाको ‘रोश’

  • पाँचौँ संस्करण (२०८२/२०२५) मा लिम्बू भाषाकै ‘चे’

उद्घाटन समारोहमा प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राई रहेका थिए। सो अवसरमा चलचित्रकर्मी नवीन सुब्बा र निर्देशक राजकुमार राईलाई विशेष सम्मान प्रदान गरिएको थियो।

राष्ट्रिय चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले शुभकामना मन्तव्य दिँदै चलचित्र क्षेत्रको नीति तथा कानुनबाट ‘आदिवासी’ भन्ने शब्द हटाइएकोप्रति आपत्ति जनाए। उनले उक्त विषय संसदमा कडा रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय