फालेलुङ । पाँचथरको फालेलुङ गाउँपालिकामा आगामी असार १४ गते शनिबार हुने फालेलुङ वाङ्मय प्रतिष्ठानको तेस्रो वार्षिक उत्सवमा चर्चित गजलकार सुमन स्मारिका प्रमुख स्रष्टाका रूपमा सहभागी हुने भएका छन्।

Nepalitheme

फालेलुङ वाङ्मय प्रतिष्ठानको आयोजनामा विद्दत सभाको वार्षिक उत्सव फालेलुङ–३ स्थित प्रेमवादी सामुदायिक भवनमा हुने भएको हो। यस कार्यक्रममा खुला कविता प्रतियोगिता, रचना वाचन, सांस्कृतिक झाँक्री नृत्य प्रदर्शन तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने प्रतिष्ठानका कुलपति सुरेन शिशिर केरुङले जानकारी दिए।

प्रतिष्ठानले अघिल्ला वर्षहरूमा पनि साहित्य र सिर्जनात्मक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई कार्यक्रममा आमन्त्रण गर्दै आएको छ। पहिलो वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानका लुक्पती भूपाल राई तथा दोस्रो वर्ष दोहोरी गायिका ज्योति मगरलाई विशेष आतिथ्यका रूपमा आमन्त्रण गरिएको थियो। यसपटक भने गजल र साहित्यमा विशिष्ट पहिचान बनाएका सुमन स्मारिकालाई प्रमुख स्रष्टा बनाइएको आयोजकले जनाएको छ।

ऊनको स्वीटर टेजर

उत्सवका प्रमुख अतिथि फालेलुङ गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङ रहनेछन् भने विशेष अतिथिका रूपमा उपाध्यक्ष महेन्द्र जबेगू तथा आमन्त्रित स्रष्टा, निर्णायक एवम् रंगवादी कवि घनेन्द्र विक्रम नेम्वाङको उपस्थिति रहनेछ।

कार्यक्रम फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुन लागेको हो।

Invalid video URL

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय