
फिदिम, पाँचथर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) फिदिम नगरको तेस्रो नगर अधिवेशन आज फिदिममा सम्पन्न भएको छ। अधिवेशनले पुनः अञ्जु इवराम मावोको अध्यक्षतामा २५ सदस्यीय नयाँ नगर कमिटी निर्वाचित गरेको छ।
नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश कमिटी सदस्य देवी थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आन्सा लिम्बु, जनम लोवा र एलिषा योङहाङलाई उपाध्यक्षमा चयन गरेको छ। सचिवमा भीमा कुमारी दुलाल बाँस्कोटा (शान्ता), सहसचिवमा पवित्रा गुरुङ र कोषाध्यक्षमा शर्मिला थेबे (जवेगु) चयन भएका छन्।
त्यस्तै, कमिटी सदस्यहरूमा टीका ओली (ढुंगाना), लक्ष्मी विक, अञ्जु तामाङ, इङ्गल जवेगु लगायत गरी २५ सदस्यीय नगर कमिटी चयन गरिएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रमुना लकान्द्री, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सानु थापा मगर, प्रवेश कमिटी सदस्य गंगा श्रेष्ठ, योङ कम्युनिस्ट लिगका केन्द्रीय सचिव विक्रम शंकर, तथा माओवादी केन्द्र फिदिम नगर कमिटी सचिव बलबहादुर राई लगायतले शुभकामना मन्तव्य दिएका थिए।
नगर कमिटी अध्यक्ष अञ्जु मावोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन माओवादी केन्द्र फिदिम नगर कमिटी सदस्य एवं अनेमसंघ (क्रान्तिकारी) नगर कमिटी सचिव भीमा कुमारी दुलाल बाँस्कोटा (शान्ता) ले गर्नुभएको थियो।