याङ्वरक थर्पु, पाँचथर ।

Nepalitheme

पाँचथरको याङ्वरक गाउँपालिका–४, थर्पुस्थित याङ्वरक नमूना साना कृषि सहकारी संस्था लिमिटेडको भवन शनिबार उद्घाटन गरिएको छ। उक्त भवनको उद्घाटन पूर्वमन्त्री, संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोद्वारा संस्थाको सातौं वार्षिक साधारणसभासँगै एक विशेष कार्यक्रम आयोजना गरी गरिएको हो।

०७९/०८० आर्थिक वर्षमा प्रदेश सरकारमार्फत २० लाख रुपैयाँको बजेट विनियोजन गरेर निर्माण गरिएको उक्त भवन चार कोठाको छ र ८ आना क्षेत्रफलमा बनेको छ।

कार्यक्रमका क्रममा सेयर सदस्यहरूले बिमा गराएका गाईवस्तु मरेपछि क्षतिपूर्ति रकम पनि वितरण गरिएको छ। क्षतिपूर्ति स्वरूप ५०–५० हजार रुपैयाँ **रन्जना शेर्पा, तारा देवी न्यौपाने र मनु योङ्वा (काम्बाङ)**लाई प्रदान गरिएको हो।

भवन निर्माणका लागि ६ आना जग्गा निःशुल्क उपलब्ध गराउने बुवा हर्क नन्द माबो र आमा हर्कमति माबोको नाममा छोराछोरीले प्रदान गरेका थिए। जग्गादाता परिवारका सदस्य धनमाया, सुखमाया, लाखदाल र हर्क माबोलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो।

सहकारीले बाख्रापालनमा संलग्न ललिता काम्बाङलाई बीउ बोका र दुग्ध व्यवसायमा सहयोग पुर्‍याउन यसोधा अधिकारी र पूर्णकुमारी हाङ्सरुम्बालाई दुग्ध धोने बाल्टी पनि हस्तान्तरण गरेको सहकारीका प्रवन्धक चन्द्रकुमार अधिकारीले जानकारी दिए।

कार्यक्रममा सहकारीका अध्यक्ष तिल प्रकाश लक्समले याङ्वरक गाउँपालिकाभित्रकै सबैभन्दा ठूलो र नमूना सहकारीका रूपमा संस्थाले आफ्नो पहिचान बनाएको जानकारी गराए। हाल संस्थामा ५७४ सेयर सदस्य छन्, जसमा महिला सदस्यको संख्या उल्लेख्य छ।

सहकारीको स्थापना २०७४ सालमा साना किसान विकास बैंकको आर्थिक सहयोग र झापाको गौरादह–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रवर्द्धनमा गरिएको हो। हाल यस सहकारीको चालु रकम तीन करोड रुपैयाँ बराबर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय