फालेलुङ, पाँचथर ।

Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका-७ स्थित श्री सिद्धदेवी माध्यमिक विद्यालयले देउसी भैलो कार्यक्रममार्फत संकलित १ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।

विद्यालयले कात्तिक १४ गतेदेखि २० गतेसम्म वडा नं. ६, ७ र ८ मा आयोजना गरेको देउसी भैलोबाट १५ लाख १८ हजार ४ सय ४६ रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक सुरेन शिशिर केरुङले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

उक्त रकममध्ये नृत्य कोच, खाजाखाना र लत्ताकपडालगायतका खर्चबापत १० लाख रुपैयाँ छुट्याइएको र त्यसमा १० प्रतिशत राहत कोषमा जम्मा गरिएको प्रधानाध्यापक केरुङले बताए। बाँकी रकम विद्यालयको खेलमैदान निर्माणमा लगानी गरिने जनाए ।

राहत कोषमा जम्मा गरिएको १ लाख रुपैयाँ मंगलबार फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङ, उपाध्यक्ष महेन्द्र जबेगु र प्रशासकीय प्रमुख सुमन योङ्यालाई विद्यालयले हस्तान्तरण गरेको छ।

गत भदौ ९ देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षापछिको बाढी र पहिरोले फालेलुङमा ठूलो क्षति पुर्‍याएको थियो। सोही विपत्तिमा परेका पीडितका लागि राहत उपलब्ध गराउन विद्यालयले यो योगदान गरेको प्रधानाध्यापक केरुङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय