ताप्लेजुङ – दोश्रो ताप्लेजुङ गोल्डकपमा संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले बिजयी सुरुवात गरेको छ । कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ गोलअन्तरले पराजित गर्दै ताप्लेजुङले बिजयी सुवात गरेको हो । खेलको निर्धारित समयमा दुबै टीमले ५–५ गोलको बराबरी खेलेका थिए । ईन्जुरी समयमा ताप्लेजुङले २ गोल थप्दै जित सुनिश्चित गरेको हो ।
खेलको आठ औँ मिनेटमा ताप्लेजुङका दिपेश लिम्बूले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको थियो । १० औँ मिनेटमा पेनाल्टी सुटआउटमार्फत कप्तान अनुप सेन्दाङले अर्काे गोल थप्नुभयो । लगातार खेलको १६ र २२ औँ मिनेटमा दुवै गोल सबिन तामाङले गर्दै ताप्लेजुङ ४ गोलले अघि बढ्न सफल भएको थियो । उत्ता भारतका खेलाडी ४१ औँ मिनेटमा पेनाल्टी प्राप्त गर्दै जाङबो भोटियाले पहिलो गोल गर्नुभयो ।
त्यस्तै खेलको दोश्रो हाल्फको ५५ औँ मिनेटमा मन्जित लिम्बुले गोलगरेसँगै ताप्लेजुङले ५ गोल बनाएको ४ मिनेट पश्चात भारत प्रमेश प्रधानले एक दिलाउन सफल हुनुभयो । ताप्लेजुङका खेलाडीले नियमित रुपमा खेलको ७० र ८९ औँ मिनेटमा फल गरेसँगै प्राप्त गरेको सुनौलो अवसरको सदुपयोग गर्दै पुन भोटियाले १–१ गोल थप्नुभयो । अतिरिक्त समयको दोश्रो मिनेटमा पुन प्रधानले दोश्रो गोल गरेसँगै निर्धारित समयमा खेल ५–५ गोलको बराबरीमा पुगेको थियो ।
त्यसपश्चात खेलाइएको ईन्जुरी समयको ९७ औँ र १०१ औँ मिनेटमा क्रमश सागर श्रेष्ठ र मन्जित येङदेनले गोल गरेसँगै ताप्लेजुङ बिजयी भएको हो ।
ताप्लेजुङले अब सेमिफाईलनमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङबीचको बिजेतासँग भेट पक्का गरेको छ । यस्तै क्वाटरफाईनलको दोश्रो खेलमा भोलि पाँचथर फुटबल क्लब पाँचथर र सलहेस युवा क्लब सिरहाबीच प्रतिष्पर्धा हुनेछ ।
भाद्र १० गते सम्पन्न हुने पतियोगिताको बिजेताले ५ लाख रुपैयाँ र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।