ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा हरेक दिन एक जनालाई फ्यान अफ द म्याच छनोट गरिने भएको छ । यस वर्षको गोल्डकपदेखि ताप्लेजुङको खेल जगतमा नौलौ अभ्यासको सुरुवात गरिए अनुसार हरेक दिन उपस्थित हुने हजारौँ दर्शकमध्येबाट १ जनालाई फ्यान अफ द म्याच छनोट गर्ने तयारी छ । 

Nepalitheme

लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा लाखेजात्रा पर्वको अवसरमा आयोजित खेलमा फ्यान अफ द म्याच छनोट भएकालाई राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित बल प्रदान गर्ने समितिले जनाएको छ । दर्शकले प्राप्त गर्ने त्यो उपहार अमुल्य हुनेमा आयोजक परिवार ढुक्क रहेको बताइएको छ । क्वाटरफाईनलका ४ ओटा खेल, सेमिफाईनलका २ खेल र फाईनलको १ खेल गरि टिकट काटेर मैदानमा प्रवेश गरेका हजारौँ दर्शकमध्येबाट हरेक दिन एक जनाका दरले ७ जनालाई फ्यान अफ द म्याच छनोट गरि उपहार प्रदान गरिने अध्यक्ष देबराज गुरुङले बताउनुभयो । 

बिहीबार कप्तान तथा गोलरक्षक चेम्जोङ र अध्यक्ष गुरुङबीच भेटवार्ता भएको छ । भेटका क्रममा ताप्लेजुङ गोल्ड कपसँग सम्बन्धित विषयमा छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सोही अबसरमा फ्यान अफ द म्याचले प्राप्त गर्ने बलमा कप्तान तथा गोलरक्षक चेम्जोङले हस्ताक्षर गरि अध्यक्ष गुरुङलाई बुझाउनु भएको छ । उहाँले ताप्लेजुङ गोल्डकपको लोकप्रियता र क्रेजको चर्चा आफुले सुनेको बताउनुभएको अध्यक्ष गुरुङको भनाई थियो । गोल्डकपसँग जोडिन पाएकोमा आयोजकको प्रशंसा गर्दै उहाँले जोखिमपुर्ण समयमा फुटबलको क्रेज कायम राख्न गरेको संघर्षप्रति बिशेष धन्यबाद समेत दिनुभयो । अध्यक्ष गुरुङले नेपाली फुटबलमा उहाँले पु¥याउनु भएको योगदानप्रति सम्मान प्रकट गर्दै समस्त जिल्लाबासीको तर्फबाट अझ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

हाल इन्डियन सुपर लिगमा पञ्जाब एफसीमा अनुबन्धित कप्तान चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा टीसी स्पोर्ट्स र माजिया एस एण्ड आरसीलाई बिजयी बनाउनुभयो । स्वदेशी टीम थ्रि स्टारलाई नेपालको ए डिभिजन लिगको च्याम्पियन समेत बनाउन सफल हुनु भयो । उहाँले नेपाल, भारत र माल्दिभ्सको लिगको उपाधि समेत दिलाउनुभयो । 

गोल्डकपमै यस वर्ष अर्काे नयाँ अभ्यासको पनि सुरुवात गरिने तय भएको छ । खेल सञ्चालन पुर्व उद्धघाटन, समापन तथा हरेक दिनको कार्यक्रममा राखिदै आएको नेताहरुको भाषणलाई  यस वर्ष कटौती गरिने भएको छ । त्यस्तै प्रमुुख तथा बिशिष्ट अतिथिको समेत बर्गीकरण नगरि मर्यादा क्रम अनुसार कार्यक्रममा आमन्त्रित अतिथिलाई आसनग्रहण गराईने अध्यक्ष गुरुङको भनाई छ । 

खेल हेर्न आएको दर्शहरु नेताहरुको भाषण्मा भन्दा पनि खेलको सुरुवात कहिले हुन्छ भन्ने पर्खाईमा बस्ने भएकाले, एकदिन प्रमुख तथा बिशिष्ट अतिथि बनाइएको अतिथिलाई अर्काे दिन खेल हेर्न आउन समस्या भएकाले, नेताहरुले सो कार्यक्रममा बोलेको कुराको भन्दा पनि खेलको नै बढी चर्चा हुने भएकाले, मन्तव्यलाई जोड्दा खेल ढिला सुरु भई दुबै टीमले बराबरी खेलेमा सिधै खेल ट्राईबेकरमा लानुपर्ने बाध्यताको अन्त्य गर्न लगायतका विविध कारणले भाषणलाई सुन्य बनाउने योजनालाई अघि सारिएको समितिले जनाएको छ । radiotamor

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads