बिराटनगर।

Nepalitheme

स्थानीय तहहरुमा रिक्त रहेको पदहरुमा पदपूर्ति गर्ने तयारी गरिएको निर्वाचन आयोगले निर्वाचन हुने स्थानीय तहका नागरिकहरुलाई मतदाता दर्ता गर्न आव्हान गरेको छ।

आयोगले मंगलबार सूचना प्रकाशन गरी मोरङ जिल्ला लगायत देशभरका २६ जिल्ला ३४ पदहरुमा निर्वाचन गर्ने तयारी अघि बढाएको जानकारी दिएको छ। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत माघ १० गते ब्रेन ह्यामरेजका कारण उपचारको क्रममा निधन भएको थियो।

स्थानीय तहमा रिक्त भएका कोशीका सात पदमा उपनिर्वाचन हुने छ। जसमा मोरङमा गाउँपालिका अध्यक्ष पदमा हुने छ भने बाँकी ६ वटा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने जनाइएको छ। सुन्सरीको गढी गाउँपालिका -६, झापाको कन्काई नगरपालिका -६, तेह्रथुमको लालीगुराँस नगरपालिका -८, ओखलढुंगाको मोलुङ गाउँपालिका-५, उदयपुरको त्रियुगा नगरपालिका -१२ र बेलका नगरपालिका -८ मा उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगको सूचनामा उल्लेख छ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकिएपछ मतदाता नामावली नाम दर्ता गर्ने प्रक्रिया स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेकोले त्यस अगाडि नै नाम दर्ता गर्न सार्बजनिक सूचना प्रकाशन गर्नुपरेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय