ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको छ । पालिकाले असार ३० गते पालिकामा एक कार्यक्रमको आयोजना गर्दै अन्तरजातिय विवाह गरेका १७ जोडीलाई नगद सहित सम्मान गर्नका लागि पत्रचार गरिएको सुचना अधिकारी जितेन लिम्बुले जानकारी दिनुभयो ।

गाउँपालिकाले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागी उक्त जोडीहरुलाई सम्मान गर्न लागेको पालिका अध्यक्ष युक हाँ बिर (हाङ्गाम) डम्बरले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिकाले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्न चालु आर्थिक वर्षमा मात्रै सचेतानामुलक होर्डिङ बोर्ड टाँस्ने, रेडियो कार्यक्रम साथै अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । पालिकाको नाल्बुलाई वि.सं. २०७२ साल पौष १४ गते छुवाछुत मुक्त वडा घोषणा गरिएको थियो।

रेडियो कावेलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय