गए रातिदेखिको लगातारको वर्षाका कारण आएको पहिरोमा पुरिएर पोखरामा एकै परिवारका सात सहित ११ जनाको मृत्यु भएको छ।

Nepalitheme

पोखरा महानगरपालिका–१९, तल्लोकोटमा एकै परिवारका सात जना पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। त्यस्तै, पोखरा–३२, चैनपुरमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ।

बिहीबार राति सवा १० बजे तल्लोकोटमा पहिरोले एकतले ब्लकको गारो र टिनको छाना भएको घर पहिरोमा पुरिएको हो। घर पुरिँदा ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षिमा, छोरी १५ वर्षीया प्रशना र २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले बताए।

ऊनको स्वीटर टेजर

प्रभा चितवनबाट माइती घर आएकी थिइन्। प्रभासँग भेटघाट गर्न छिमेकी राधिका पनि आएकी थिइन्।

त्यस्तै, चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए।
हिमाल खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय