फालेलुङ,पाँचथर ।
पाँचथरको फालेलुङ गाउँपालिका -३ स्थित नाम्लुवामा प्रेमवादी सामुदायिक सेमिचोङ भवन सनिवार कोशी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगूद्वारा भवन उद्धाटन भएको छ।

Nepalitheme

२०७५ साल चैत ९ गते पाँचथरका संघीय संसद बसन्त कुमार नेम्बाङले शिलान्यास गर्नुभएको थियो । निरन्तर भवनको निर्माणकार्य चलिरहेको बेला कोभिड-१९ को कारणले २ वर्ष निर्माणकार्य रोकिएको थियो। त्यसपछि भवनको निर्माणकार्य सञ्चालन भएपछि २०८० साल फाल्गुनमा निर्माणकार्य सम्पन्न भएको थियो।

कोशी प्रदेशको बजेट तत्कालीन इन्द्रबहादुर आङ्बो (मौसम) आर्थिक मामिला तथा योजना मन्त्री हुँदा र नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) द्वारा प्रदेशको बजेट २ करोड ५ लाख प्रदेशबाट बजेट विनियोजन भइ भवन निर्माण गरिएको हेभेन्ली निर्भाणा पाथ फालेलुङ गाउँइकाइ प्रवक्ता प्रबिण राईले जानकारी दिए।

ऊनको स्वीटर टेजर

भवन ऐलेसम्मकै स्थानीय तहको सबैभन्दा ठुलो भवन निर्माण भएको मन्त्री जबेगूले बताउनुभयो । जबेगूले यो प्रेमवादी सामुदायिक भवन थप व्यवस्थापन गर्नु परेमा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने बताए। यश भवन हेभेन्ली निर्भाणा पाथको मात्र नभएर विभिन्न संघसंस्था राजनैतिक दलको कार्यक्रममा पनि सहयोग पुग्ने बताए । यतीको भवन यस्तो ग्रामीण क्षेत्रमा निर्माण हुनु चानचुने कुरा होइन यसलाई संरक्षण गर्न हामी सबैको दायित्व बताए ।

भवन एउटा कार्यक्रम हल सहित तीन भिआइपी रुम एटेजवात्रुम सहित रहेको संस्थाका सचीव बिकाश थाम्सुहाङले बताउभयो । कार्यक्रम हलमा १२ सयभन्दा बढी अटाउने लक्ष्य राखिएको बताए। भवनमा नियमित हेभेन्ली निर्भाणा पाथले प्रेमवाद दर्शन भित्र रहेको आमस उपचार (हिलिङ) मेघा आवसीय उपचार गर्ने बताए ।

हेभेन्ली निर्भाणा पाथले बैशाख १५ गतेदेखि नि:शुल्क आवसीय आमस उपचार गरेका थिए। उपचार गाउँपालिका भित्रका ६ सयभन्दा बढीले उपचार लिएको संस्थाका अध्यक्ष साजन राईले जानकारी दिए ।

भवन उद्धाटनमा सनिवार प्रमुख अतिथि मन्त्री जबेगू र विभिन्न राजनैतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधिहरुबाट उद्धाटन भएको हो। साथै परम गुरु सुपृङ मास्टर गड एन्जलबाट प्रवचन समेत रहेको थियो। कार्यक्रममा २ हजारभन्दा बढी भक्तजन तथा अतिथिहरु उपस्थित भएको संस्थाका सल्लाहकार रावण राईले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय