इलाम : इलाम र झापाका सीमा नाका आज रातिबाट बन्द हुने भएको छ। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन र छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द हुने भएको हो।

Nepalitheme

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज राति १२ बजेबाट नाका बन्द हुनेछ। उनले भने‚ ‘इलाम–२ को उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट सीमा बन्द हुने हो तर भारतमा वैशाख १४ गते निर्वाचन भएकाले आजबाट भारततर्फको सीमा बन्द हुनेछ।’

दोस्रो चरणमा नेपालको सीमा जोडिएको पश्चिम बङ्गालको दार्जीलिङ र विहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान हुँदै छ। सीमा नाका जोडिएका जिल्लामा मतदान हुने भएपछि भारतीय सुरक्षानिकायको आग्रह बमोजिम मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गर्न लागिएको जनाइएको छ।

ऊनको स्वीटर टेजर

इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द हुने भएको छ। अप्रिल २६ मा पश्चिम बङ्गालका दार्जीलिङसहित रायगञ्ज र बालुरघाटमा मतदान हुन लागेको छ।

त्यस्तै विहारको किशनगञ्जसहित पूर्णिया, कटिहार, भागलपुर र बाँकामा मतदान हुन लागेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय