फिदिम । किरात याक्थुङ चुम्लुङ (कियाचु) जिल्ला कार्य समिति पाँचथरको अध्यक्षमा सुरेन्द्र कुमार केरुङ चयन भएका छन् । शनिबार सम्पन्न कियाचुको नवौैं जिल्ला अधिबेशनले केरुङको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको हो ।

Nepalitheme

समितिको उपाध्यक्षमा सुवास तुम्बापोपो (काङसोरे) र जितेन चेम्माजोङ चयन भएका छन् । सचिवमा कमल हाङसरुम्बा चयन हुँदा सह सचिवमा पूर्ण परिचित जबेगु र कुमार यावा (मौसम) चयन भएका हुन् । कोषाध्यक्षमा सिमा तुम्बापो चयन भएकी हुन् ।

समितिको सदस्यहरुमा टिकामाया नेम्बाङ, नेरेश काम्वाङ, उपेन्द्र येक्तेन, मनेन्द्र केरुङ, मचिन्द्र लोवा, दिपक नेम्बाङ, सीता जबेगु, अन्जु योङहाङ, सीता योङ्हाङ, मन कुमार शेर्मा, कमला तुम्बापो, सेसेहाङ लावती, बिरबहादुर केरुङ, जगत बहादुर आङ्देम्बे र भूपेन्द्र योङहाङ चयन भएका हुन् ।

ऊनको स्वीटर टेजर

अधिबेशनले जिल्ला चुम्लुङ सदस्यहरुमा रोहित आङ्बो, महेन्द्र तुम्बापो, सुनिता केरुङ, राजेन्द्र केरुङ र सुशिला देवानलाई चयन गरेको छ । त्यस्तै राष्ट्रिय चुम्लुङ सदस्यमा महेन्द्र कुमार आङ्देम्बे, पदम कुमार मेयोङ्बा र मनकुमा आङ्देम्बे चयन भएका हुन् । कियाचु निम्बू जातिको सर्बोच्च संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय