पाँचथर।

Nepalitheme

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति पाँचथरको नवौं जिल्ला अधिबेशन तथा बृहत मौलिक सांस्कृतिक महोत्सवको अन्तिम चरणमा पुगेको बुधबार बिहान पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।

चैत्र २३ गते उद्घाटन साथै साँस्कृतिक तथा सम्मान कार्यक्रम रहने र २४ गते बन्दसत्रबाट समिती चयन गरिने कियाचु पाँचथरका बरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ्ले बताए। प्रमुख अतिथि प्रदेश नं १ का भौतिक पुर्वाधार विकास मन्त्री माननीय कमल प्रसाद जबेगु आउँनुहुने जानकारी दिए ।

ऊनको स्वीटर टेजर

अधिवेशनको खुल्ला सत्रमा लोकप्रीय नायिका विमला खजुम लिम्बू गायिका प्रीतिका बेघा गायक बिबि शेर्मा लिम्बू गायक मिङ्सोहाङ लिम्बु तथा न्यु बरदान संगितालयका कलाकारहरुको प्रस्तुती रहने कियाचु पाँचथरका सचिव सुवास तुम्बापो काङ्सोरेले जानकारी दिए । अधिबेशनको बन्दसत्रमा जिल्लाका एक सय २१ प्रतिनिधि र ६१ जना पर्यवेक्षकहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । अधिबेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उपाध्यक्ष केरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय