ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५, लिम्बुदिनमा अवस्थित यमुना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, पोसाक तथा स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ।

Nepalitheme
Pasupati Ayurvedic

स्थानीय समाजसेवी कुवेरजंग, डिल्लीप्रसाद, लक्ष्मीप्रसाद र तेजेन्द्र कुमार इदिङ्गो तथा उहाँहरूका छोरीहरू बिमला, रत्ना र पुनम इदिङ्गोले आफ्नी स्वर्गीय आमा खेतीमाया इदिङ्गोको वार्षिक पुण्यतिथिको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री, पोसाक र स्वच्छ खानेपानी उपलब्ध गराएका हुन्। उक्त जानकारी हाम्रा संवाददाता ओमेन्सा राईले दिनुभएको छ।

तेजेन्द्र कुमार इदिङ्गो सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएको छ। उहाँका अनुसार खानेपानी व्यवस्थापनअन्तर्गत करिब एक लाख रुपैयाँ खर्चेर पानी फिल्टर, नाला, मुहान संरक्षण तथा ट्याङ्कीको व्यवस्था गरिएको हो। साथै, १५ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री र २२ हजार रुपैयाँ बराबरको विद्यालय पोसाक वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

कार्यक्रम लिम्बुदिनका वडा सदस्य श्यामबहादुर इदिङ्गोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष रनबहादुर इदिङ्गो, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय