फिदिम, पाँचथर ।
नेपाली कम्युनिस्ट पार्टी फिदिम–१२ को आयोजनामा एकता सन्देश सभा तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। फिदिम–१२ स्थित सिद्धदास बाबा सामुदायिक इकाईको भवनमा आयोजित कार्यक्रमको अध्यक्षता नरमाया रिमालले गर्नुभएको थियो।

Nepalitheme
Pasupati Ayurvedic

कार्यक्रमका विशेष अतिथि नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ रहनुभएको थियो। यस्तै, विशेष अतिथिका रूपमा पार्टीका नेता मनरथ चापागाईं, फिदिम नगरपालिकाका उप–प्रमुख राधाकृष्ण न्यौपानेसहित जिल्लास्तरका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन विशेष अतिथि नेम्बाङले ब्यानर वाचनमार्फत गर्नुभएको थियो भने स्वागत मन्तव्य पुण्यप्रसाद दुलालले राख्नुभएको थियो।

ऊनको स्वीटर टेजर

सभामा विशेष अतिथि नेम्बाङसहित अन्य वक्ताहरूले पार्टी एकता, संगठन सुदृढीकरण र राजनीतिक प्रशिक्षणको महत्वबारे धारणा राख्नुभएको थियो। वक्ताहरूले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई वैचारिक रूपमा सशक्त भई जनतामाझ सक्रिय रूपमा क्रियाशील हुन आग्रह गर्नुभएको थियो।

कार्यक्रममा फिदिम–१२ का नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रशिक्षण तथा छलफलमार्फत पार्टीको नीति, विचार र संगठनात्मक मजबुतीमा विशेष जोड दिइएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय