फिदिम । पाँचथर जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा फालेलुङ गाउँपालिका परिचित हुँदै गएको छ। छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएको यस पालिकाको उच्च भू–भागमा रहेको नेपालको झण्डा आकारको सुन्दर झण्डा पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

Nepalitheme
Pasupati Ayurvedic

चाररातेको नजिकै पर्ने यो पोखरी फालेलुङ गाउँपालिका–५ को फलेके क्षेत्रमा अवस्थित छ। करिब समुद्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा रहेको पोखरीबाट मौसम खुलेको समयमा कञ्चनजंघा, कुम्भकर्ण (फक्ताङलुङ) लगायतका हिमालहरू पोखरीमै प्रतिबिम्बित हुने दृश्य अवलोकन गर्न सकिन्छ। सोही दृश्य कैद गर्न यहाँ पुग्ने पर्यटकको संख्या बढ्दै गएको स्थानीयले बताएका छन्।

झण्डा पोखरी करिब दुई वर्षअघि पर्यटन व्यवसायी र गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हो। हालै खिचिएको यस तस्बिरले फालेलुङको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनालाई थप उजागर गरेको छ।
तस्बिर : विवेक राई, फिदिम

ऊनको स्वीटर टेजर

DCIM102MEDIADJI_0566.JPG

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय