फिदिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी पाँचथरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

बुधबार सम्पन्न जिल्ला कमिटी बैठकले अइन्द्रसुन्दर नेम्वाङ, आशारत्न जबेगु, श्रीप्रसाद जबेगु, राजकुमार भण्डारी, कृष्णराज आङ्देम्बे, जयप्रकाश केरुङ र खगेन्द्र बाँस्कोटाको नाम कोशी प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिस गरिएका सात जनामध्ये अइन्द्रसुन्दर नेम्वाङ र आशारत्न जबेगु पार्टीको केन्द्रीय कमिटी सदस्य रहेका छन् भने राजकुमार भण्डारी कोशी प्रदेश सचिवको जिम्मेवारीमा रहेका छन्।

ऊनको स्वीटर टेजर

जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटाका अनुसार विभिन्न १४ जिल्लाबाट आएका प्रस्तावित उम्मेदवारका नामहरूमाथि थप छलफल गरी कोशी प्रदेश कमिटीको बैठकले पुनः केन्द्रीय कमिटीमा पठाउने प्रावधान रहेको छ।

प्रदेश कमिटीले सबै जिल्ला अध्यक्षहरूको उपस्थितिमा पुस २४ गते बैठक बोलाएको जानकारी पनि अध्यक्ष सापकोटाले दिएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय