पाँचथर । नेपाल मगर संघ पाँचथरले मगर समुदायको महान पर्व माघ्या संक्रान्ति (मिनाम साल्र्हेस ५०१९) को अवसरमा ‘रैथाने खाना महोत्सव २०८२’ आयोजना गर्ने भएको छ। महोत्सव माघ १ र २ गते फिदिमस्थित जिल्ला समन्वय समितिको भवन अगाडि रहेको बीपी पार्कमा सञ्चालन हुनेछ।

Nepalitheme
Pasupati Ayurvedic

बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी गराउँदै आयोजकले विभिन्न समुदायका साँस्कृतिक तथा रैथाने खानाको प्रदर्शन गरिने बताए।

‘रैथाने खानाको प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटनको संवर्द्धन’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको नेपाल मगरसंघ पाँचथरका अध्यक्ष यौवनकुमार पुलामी मगरले जानकारी दिए।

ऊनको स्वीटर टेजर

महोत्सव अवधिभर मगर, किरात राई, लिम्बू, तामाङ, नेवारलगायत आठभन्दा बढी जातजातिका रैथाने खाना, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रममा किरात राई समुदायको साकेला सिली, लिम्बू समुदायको धान नाच (च्याब्रुङ), मगर समुदायको हुर्रा नाच, तामाङ समुदायको सेलो नाच तथा नेवार समुदायको नेवारी नाच लगायतका प्रस्तुति रहने छन्।

यस महोत्सवलाई फिदिम नगरपालिकाले प्रवर्द्धन गर्ने भएको छ भने फाल्गुनन्द पदमार्गको समेत सहयोग रहने आयोजकले बताएका छन्। महोत्सवले जिल्लाको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास आयोजकको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय