Pasupati Ayurvedic
Nepalitheme

पाँचथर । कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत तेह्र वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिति २०६९ साल जेठ २९ गते राति करिब ११ बजेतिर तत्कालीन याङनाम गाउँ विकास समिति वडा नम्बर ८ मा बस्ने ३८ वर्षीया भिमश्वरी केरुङको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादी बिरेन्द्र केरुङलाई पक्राउ गरिएको हो।

ऊनको स्वीटर टेजर

फरार प्रतिवादीको खोजतलासका क्रममा मंसिर २१ गते पाँचथरको फालेलुङ गाउँपालिका–८ लोवाफुमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ३३ वर्षीय बिरेन्द्र केरुङलाई निजकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्मानित जिल्ला अदालत पाँचथरसमक्ष बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय