पाँचथरको फालेलुङ गाउँपालिका–३ का ५९ वर्षीय रणबहादुर राईलाई बाल यौन दुर्व्यवहार मुद्दामा प्रहरीले आइतबार पक्राउ गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

जिल्ला अदालत पाँचथरले एक बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै वैशाख १७ गते राईलाई २० दिन कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उक्त फैसला पश्चात फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ। अदालतको आदेशअनुसार उनलाई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको जनाइएको छ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय