पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको याङवरक गाउँपालिका–५ घारगाउँमा एक महिलामाथि कुटपिट गरी सुनका गरगहना लुटपाट भएको छ। मङ्गलबार दिउँसो भएको उक्त घटनामा ६० वर्षीया विष्णुमाया रसाइली घाइते भएकी छन् भने आरोपित ५२ वर्षीया धनमाया सेलिङ घटनापछि फरार रहेकी छन्।

अस्थायी प्रहरी चौकी गणेशचोकका अनुसार मंसिर १२ गते दिउँसो घारगाउँस्थित चन्द्रलाल अधिकरीको अम्लिसो बगानमा दुवै जना सँगै गएका थिए। कालिज मार्न र सुँगुरको चारो खोज्न जाऊँ भनेर साथमा लगेकी धनमाया सेलिङले त्यहाँ रसाइलीमाथि कुटपिट गरी कानमा लगाएको १ तोलाको दुई वटा माडबारी, नाकमा लगाउने आधा तोलाको बुलाकी र २ आनाको फुली खोलि फरार भएकाे जिल्ला प्रहरी पाँचथरले जानकारी दिएकाे छ।

ऊनको स्वीटर टेजर

कुटपिटका कारण रसाइलीको टाउकोमा सामान्य चोट लागेको र स्थानीय थर्पु बजारमा पहिलो उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकाे प्रहरीले जनाएको छ। घटनाबारे जानकारी दिइएको बेलामा उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

घटनापछिको सूचनाअनुसार अपराह्न ५ बजेतिर प्रहरी टोली उपेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको थियो। हाल फरार धनमाया सेलिङको खोजी तथा अनुसन्धान भइरहेको प्रहरी चौकी गणेशचोकले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय